Wednesday, March 29, 2017

Increased fuel smuggling from Nepal in boarder side



In the past the Indian border town of Raxaul petrol filling Nepalis there, go back to the motorcycle. The last time the view is changed. Today Raxaul have started to come on a motorcycle gas in Birgunj. Rank higher petroleum prices made it more affordable to their destination Birgunj.Both gasoline and diesel fuel after sastie attracted increased smuggling. In Nepal, petrol price by Rs 1 per liter, 50 and India rupee Nepalese Rupee 1 hundred and 18 of the 40 money. Similarly, in Nepal, a liter of diesel cost 76 rupees 50 paise and 48 paise in India is Rs 1. Cheaper fuel when the main checkpoint along the way residents of another country for personal use normal fuel filling, even if the rural border fuel smuggling into India in large quantities arriving daily. The last time Wisła, Jibnath, pidariguthi other than border smuggling of fuel by the local states.

विगतमा सीमावर्ती भारतीय सहर रक्सौल जाने नेपालीले त्यहाँबाट मोटरसाइकलमा पेट्रोल भरेर फर्किन्थे । पछिल्लो समय दृश्य फेरिएको छ । हिजोआज रक्सौलबाट मोटरसाइकलमा पेट्रोल हाल्न वीरगन्ज आउन थालेका छन् । भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि उनीहरूको गन्तव्य वीरगन्ज बनेको हो ।

पेट्रोल र डिजल दुवै इन्धन सस्तिए पछि तस्करी हवात्तै बढेको हो । नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा र भारतमा प्रतिलिटर नेपाली रुपैयाँ १ सय १८ रुपैयाँ ४० पैसा रहेको छ । त्यसैगरी डिजलको मूल्य नेपालमा प्रतिलिटर ७६ रुपैयाँ ५० पैसा र भारतमा १ सय रुपैयाँ ४८ पैसा रहेको छ । इन्धन सस्तो हुँदा मुख्य नाका बाटै एक अर्को मुलुकका बासिन्दाले व्यक्तिगत प्रयोगका लागि इन्धन भर्नु सामान्य भए पनि जिल्लाको ग्रामीण नाकाबाट भने दैनिक ठूलो परिमाणमा इन्धन तस्करी भएर भारत पुग्दै छ । पछिल्लो समय भिस्वा, जानकीटोला, पिडारीगुठी लगायतका नाकाबाट इन्धनको तस्करी बढी हुने गरेको स्थानीय बताउँछन् ।
Source:Ekantipur


EmoticonEmoticon