Monday, June 5, 2017

भरतपुरमा निर्वाचन कार्यान्वयन नगर्न जेठ २८ गतेसम्म सर्वोच्चको आदेश








काठमाडौ : सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय जेठ २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायधिश चोलेन्द्र शम्सेर राणाको एकल इजलाशले सोमबार दिएको अन्तरिम आदेशमा जेठ २८ गते रिट निवेदक,विपक्षी निर्वाचन आयोग र चितवनका मुख्य निर्वाचन अधिकृतसहित सबैलाई छलफलका लागि बोलाइएको छ ।


जेठ २८ गते संयुक्त इजलाशमा हुने सुनुवाईका आधारमा भरतपुरमा पुन मतदान गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय गर्नेछ ।

भरतपुर महानगरपालिका वडा नम्वर १९ को पुनः मतगणनाको मागसहित आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । निर्वाचन आयोगद्वारा पुनः निर्वाचनका लागि भएको निर्देसन रोकी मतगणनालाई निरन्तरता दिन माग गर्दै भरतपुर वडा नम्वर १९ मा एमालेतर्फ खुल्ला वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा र सोही वडाका मतदातासमेत रहनुभएका अधिवक्ता तुल्सीराम पाण्डेले रिट दायर गर्नुभएको थियो ।Source:Annapurnapost


EmoticonEmoticon