काठमाडौं- कांग्रेस सभापति शेरबहादुर
देउवाले आज ११ बजे प्रधानमन्त्रीको उम्मेदवारी दिने भएका छन्। संसद
सचिवालयले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार सभपति देउवाले आज
प्रधानमन्त्रीको उम्मेदवारी दिन लागेका हुन्।
कांग्रेस नेता विमिलेन्द्र निधिका अनुसार
देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा
कांग्रेस नेता रामचन्द्र पौडेल र नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय
गच्छदार बस्नेछन्। 'प्रस्तावक र समर्थक बस्ने कुरा कन्फर्म भइसक्यो।
पार्टीको कार्यसम्पादन बैठक सकेपछि उम्मेदवारी दर्ता गराउँछौं।'
अहिले नयाँ बानेश्वरमा कांग्रेसको
कार्यसम्पादन बैठक बसिरहेको छ। उम्मेदवार टुंगो लगाउन बैठक बसेपनि पार्टीको
विधानमा संसदीय दलका नेता नै प्रधानमन्त्रीका उम्मेदवार बन्ने उल्लेख
भएकाले देउवाले उम्मेदवारी दर्ता गराउने तयारीमा रहेको एक नेताले जानकारी
दिए।Nagariknews

EmoticonEmoticon