Dang: Dang local elections being prepared large quantities of weapons have been found. Area Police Office, Dang Dang, including a large quantity of weapons has become a new person was arrested Saturday.
दाङ : स्थानीय निर्वाचनको तयारी भइरहेको बेला दाङमा ठूलो मात्रामा हतियार फेला परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले ठूलो परिमाणमा हतियार सहित एक ब्यक्तिलाई शनिवार पक्राउ गरेको हो ।
तुल्सीपुर उपमहानगरपालिका ४ सिमखोली निवासी ६३ बर्षका बिक्रम कामीको साथबाट चार वटा पेस्तोल, दुई वटा भरुवा वन्दुक, इन्सासमा लाग्ने नौ वटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, १७ थान नाल, सात थान पेस्तोलमा लाग्ने नाल, दुई किलो बारुद, हतियार बनाउन प्रयोग गरिने पङ्खा, हथौडा, सनासो लगायतका औजारहरुसहित कामीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनु भयो ।
प्रहरी उपरिक्षक तिम्लिसिनाका अनुसार एउटा लोड गरिएको अवस्थामा पेस्तोल पनि भेटिएको थियो । विशेष सुराकीको आधारमा प्रहरीले कामीलाई घरबाटै हतियार नियन्त्रणमा लिएको हो ।
प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा राखेको छ । कामीले २०४३ सालदेखि हातहतियारको मर्मतको काम गर्दै आएको बताएका भनि अन्नापुर्ना पोस्ट्मा छापियेको छ ।
Moulakatiya sub 4 simakholi, 63 years old Bikram shiver recovered four pistols, two homemade guns, INSAS pursue nine shot, SLR pursue a bullet, 17 sets of shoe, seven pistols pursue placenta, two kg of ammunition, weapons that will be used fans, hammer, sanaso Area Police office, Dang, including control aujaraharusahita Kami major loknath scene The information was given.
Source:Annapurnapost

EmoticonEmoticon