Tuesday, June 6, 2017

नेपालको ४० औँ प्रधानमन्त्री शेरबहादुर देउवा




काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा व्यवस्थापिका संसद्का बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको छ।

मंगलबार व्यवस्थापिका संसदमा भएको निर्वाचन प्रक्रियामा देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो भने विपक्षमा १ सय ७० मत परेको छ । उपस्थित संख्या ५ सय ५८ थियो ।  देउवालाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनता दल (राजपा)लगायतका अधिकांश साना दलले समर्थन गरेका छन् ।

कांग्रेस सभापति देउवा मंगलबार नेपालको ४० औँ प्रधानमन्त्री बन्नु भएको हो । देउवा व्यक्तिगत रुपमा भने चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो ।Source:Annapurnapost


EmoticonEmoticon