Electricity Authority has said the country is shedding. Management Authority direction Kulman Ghishing a press conference today in the capital of the country that is the end of an electrical cut.
The managing director of a press conference ghisinna Take 4 hundred 56 MW hydropower project tamokasi saying that the final phase of electricity sales to power after the Nepal said. Authorities now completed construction projects to pursue, he said, was in Kathmandu apagredinama transformer.
Tara industries from the upcoming May also be mentioned that the power supply for 24 hours. No part of the country, except in the evening 4 hours now, the industry, he said, is the absence of load-shedding. In the coming year, including the addition of imported domestic projects is equal to 2 MW electricity to be added, he said. Both technical and non-technical paradigm for electric cuhavata special campaign began to show positive results after the operation, according to NEA.
विद्युत प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्य भएको जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङले राजधानीमा आज पत्रकार सम्मेलन गरि मुलुकभर बिद्युत कटौती अन्त्य भएको बताउनुभएको हो । पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिंङ
ले ४ सय ५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको भन्दै त्यसबाट बिद्युत उत्पादन भएपछि नेपालले बिजुली बिक्री गर्ने बताउनुभयो । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने उहाँको भनाई थियो ।
घिसिङ ले आगामी वैशाख देखि उद्योगहरुमा पनि २४ सै घन्टा विद्युत आपूर्ति हुने उल्लेख गर्नुभयो । अहिले उद्योगमा साँझ ४ घन्टा बाहेक देशको कुनैपनि भागमा लोडसेडिङ नरहेको उहाँको भनाई छ । भारतबाट आयात हुने बाहेक स्वदेशी आयोजनाबाट समेत आगामी वर्ष २ सय मेगावाट बराबर विद्युत् थप हुने उहाँले जानकारी दिनुभयो । प्राविधिक तथा गैर प्राविधिक दुवै प्रकारका विद्युत चुहावत न्युनिकरणका लागि विशेष अभियान संचालन गरेपछि सकारात्मक परिणाम देखिन थालेको प्राधिकरणले जनाएको छ ।
Source:Ekantipur.com





