Sunday, May 28, 2017

Bharatpur Metropolitan counting indefinitely postponed


Bharatpur has been postponed indefinitely Metropolitan counting. Tuesday night at a quarter to 12 when running in Ward No. 1 9 political parties and representatives of the counting of ballots was torn when disputes arise. Ballot falsely accused Maoist Center representative has been arrested Madhu Neupane and Drona ceremony, vote counting. Count chanting to warrant another group due to come to the table and struck the dispute tore the ballot Assistant Returning Officer serious Hon.



भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्रतिनिधिबीच विवाद उत्पन्न हुँदा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा नेकपा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीलाई मतगणनास्थलबाट पक्राउ गरिएको छ । गणना नमिलेको भन्दै टेबुलमा हानेर विवाद गर्न खोजेपछि अन्य समूहमा रहेकाले आएर मतपत्र च्यातेको साहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार करिब एक सय मतपत्र च्यातिएको छ भने ३० भन्दा बढी धुजा भएको छ । च्यातिएको सहित गन्न बाँकी रहेका मतपत्र सिलबन्दी गरिएको छ । घटना बारे निर्वाचन आयोगलाई जानकारी गराइएको र निर्वाचन आयोगको निर्णय अनुसार मात्र अघि बढ्ने घिमिरेले बताउनुभयो । मतगणना स्थलको ढोकामा पनि सिलबन्दी गरिएको छ । 'च्यातिएको मतपत्र संकलन गरेर सबै सिलबन्दी गरेका छैां' घिमिरेले भन्नुभयो 'निर्वाचन आयोगको निर्णय अनुसार अघि बढ्छौ' ।


Ghimire said that more than a hundred ballot is torn to shreds, has more than 30. The remaining sealed ballot has been counted, including rent. The event provided information about the Election Commission and the Election Commission in accordance with the decision just ahead Hon. The counting of the door has been sealed. "Torn the ballot by collecting all the sealed chaiam" Ghimire said that "according to the Election Commission's decision obstructions'.
source:Annapurnapost.com


EmoticonEmoticon