काठमाडौ : परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा भएको आक्रमणमा पाँच नेपाली घाइते भएको पुष्टी गरेको छ । इश्लामावादस्थित नेपाली राजदूतावासले पाँच नेपाली घाइते भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूतावास घाइते नेपालीहरुसँगको सम्पर्कमा रहेको र घटनाको वारेमा नियमित जानकारी गराउन राजदूतावासलाई निर्देशित गरिएको मन्त्रालयले बताएको छ ।
पाँच नेपालीसहित तीन सय भन्दा बढी घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि नेपाल सरकारले गरेको छ । सो घटनामा ८० भन्दा बढीको ज्यान गएको छ । नेपाल सरकारले अफगानिस्तान सरकार र जनता प्रति हार्दिक समवेदना र सहानुभुति प्रकट गरेको छ ।Annapurnapost

EmoticonEmoticon